साढे ६ दशकसम्म पनि कोशीका बिस्थापितले पाएनन् मुआब्जा र क्षतिपूर्ति, के छ सम्झौतामा ?

  • १ भाद्र २०७६, आईतवार

६५ बर्षअघि भएको कोसी सम्झौता अनुसार भारतीय पक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराएको छैन ।

मुआब्जा र क्षतिपूर्ति नपाएपछि पीडितहरु आन्दोलित भएका छन । पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । उनीहरुले रिले अनशन समेत सुरु गरेका छन् ।

सन् १९५४ अप्रिल २५ मा नेपाल र भारतबीच कोसी सम्झौता गरिएको थियो । तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले सम्झौतामा हस्ताक्षर गरेका थिए । १८ बुँदे सम्झौताको ८ औं बुँदामा जमीन तथा सम्पत्तीको क्षतिपूर्ति सम्बन्धी  ब्यबस्था छ ।

ब्यारेज बनेपछि घरखेत गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म घरखेत गुमाएका १५ हजारभन्दा बढी परिवारले क्षतिपूर्ति नपाएको कोसीपीडित संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको भनाइ छ ।

सम्झौताअनुसार पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन ।

नेपालको हितमा छ कि छैन कोशी सम्झौता ? अनि के छ सम्झौतामा ?

137 total views, 6 views today