दाउरा बेचेर अपांग पति र छोरालाई पाल्छिन् मोरङकी पबित्रा दमाईं

बाबू छोरा दुवैले पाए अपंगता कार्ड

  • २४ श्रावण २०७६, शुक्रबार

उत्तम पोख्रेल / रोहित दमाई र रोह्न दमाई बाबु छोरा हुन् । उनीहरू दुवै बाबु छोरा अपांंग छन् । ३१ बर्षिय बाबु रोहित कम्मरदेखि मुनिको भागमा समस्या भएको कारण हिंँडडुल गर्न सक्ददैनन् । छोरा रोहन आखाँ मात्रै नदेख्ने होईन उनका हात खुट्टा समेत चल्दैन्न । उनि लौराको साहाराले हिडडुल गर्ने गरेका छन् ।
रोहन ३ बर्ष पुरा भई ४ बर्ष लागेका छन् । दुवै जनाको पालन पोष्ण रोहितकी श्रीमति पवित्रा दमाईले जंगलवाट दाउरा खोजेर बेचेर जिविको पार्जन गर्ने गरेकी छिन् । घरमा भएका दुवैजना अपांग भएका कारण बिहान उठेर जगलबाट दाउरा खोजी ल्याएर बेचेर दाहाल चामल नुन तेल लगायतका सामाग्री किनेर परिवार चलाउने गरेकी छिन् ।

बुधवार बेलबारी नगरपालिकाले बाडेको अपागता सम्बन्धी कार्ड लिन ११ नम्बर वडामा भेला भएका उनिहरुले राहत भएको महसुस गरेका छन् । छोराले रातो कार्ड पाएका छन् भने बाबुले हरियो कार्ड पाएका छन् । रातोले मासिक ३ हजार तथा हरियोले मासिक १६ सय भत्ता पाउने छन्। अघिल्लो आर्थीक बर्ष सम्म रातो परिचय पत्र पाउनेले २ हजार निलो परिचय पत्र पाउनेले नगद ६ सय पाउदै आएकोमा यस आवदेखि बढेको हो । सेतो तथा पहेलोले मासिक भत्ता नपाएपनि यातायात स्वास्थय मा छुट तथा आरक्ष्ण कोटाको ब्यबस्था गरिएको छ ।
बेलबारी नगरपालिकाले बिहिबारदेखि अपांगता भएका ब्यात्तिहरुलाई परिचय पत्र वितरण सुरु गरेको छ । एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयमा उनिहरुलाई उपमेयर ढाका कुमारी पराजुलि र प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले उनिहरुलाई परिचय पत्र हस्तान्तरण गरेका थिए ।

9 total views, 3 views today