बेलबारीको चौथो नगरसभाद्वारा ४ वटा विधेयक पारित, यस्ता छन् नगरसभाका खास कुरा

  • १२ असार २०७६, बिहीबार

बेलबारी नगरपालिकाको चौथो नगरसभाले ४ वटा विधेयक पारीत गरेको छ ।

१० गते नगरसभामा पेश गरेका विधेयकहरु १२ गते स्थगित भएको नगरसभाले पास गरेको हो । पारित भएका बिधेयकहरुमा बेलबारी नगरपालिका शिक्षा सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेक २०७६, बेलबारी नगरपालिका आर्थिक विधेयक, नगरपालिका संघ संस्था दर्ता विधेयक, बालमैत्री स्थानिय शासन तथा वालअधिकार संरक्षण विधेयक छन् । नगरसभाबाट पास भएका विधेयकलाई नगरपालिकाले ऐन बनाउने छ ।

यस्ता छन् नगरसभाका खास कुरा

यस्तै १० गते बसेको नगरपालिकाले मदन भण्डारी  प्रतिष्ठान नेपाल उर्लावारीमा अक्षयकाेष स्थापना गरी शैक्षिक ऋण कार्यक्रमलाई निरन्तरता दिने नगरसभाले पास गरिसकेको छ । विगत दुई बर्षदेखि निरन्तरता दिइरहेको नगरपालिकाले ५ लाख बजेट समेत नगरसभाले विनियोजन गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

उक्त प्रतिष्ठानमा ३३ जना गरिव तथा जेहेन्दार बिद्यार्थीले प्राविधिक बिषयमा पठन पाठन गरिसकेका छन् ।

यस्तै न्यून आर्थिक भएका नगरवासीको आयस्रोत बढाउने उदेश्यका साथ गरिवसँग नगरपालिका कार्यक्रमलाई प्राथमिक्ता दिने समेत नगरपालिकाले जनाएको छ । यो कार्यक्रम बेलबारीका लागि नमुना कार्यक्रम हो, मेयर सुवेदीले भने आर्थिक पहुच न्यून भएका नगरवासीका लागि यसले प्रभाव पार्छ ।

यहि कार्यक्रम मार्फत वोयर वोका वितरण देखी विभिन्न आय आर्जनंँसग जोडिएर काम गर्ने मेयर सुवेदीले बताए । गरिवसंग नगरपालिका कार्यक्रमका लागि नगरपालिकाले २ करोड बराबरको बजेट नै बिनियोजन गरेको छ ।

नगरपालिकाले दमकल र शव वाहन, गर्भवती महिलाको निःशुल्क गर्भपरीक्षण साथै असहाय र बेवारिशेको मृत्यु हुँदा उनीहरूको दाहसंस्कार लगायतका कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ ।

बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट विनियोजन गरिसकेको छ । पुन आषाढ ३१ गतेसम्मका लागि नगरसभा समेत बेलबारीले स्थगित गरेको छ । उक्त सभाले निति तथा कार्यक्रम पास गर्ने जनाइएको छ ।

3 total views, 3 views today