बेलबारी आईडल : को को पुगे फाइनल चरणको टप १० मा ?

  • २६ जेष्ठ २०७६, आईतवार

स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको सेमिफाइनल चरण सम्पन्न भएको छ ।

शनिबार भएको सेमिफाईनलबाट १० जना फाईनल चरणका लागि छनौट भएका छन । फाइनल चरण प्रवेश गर्नेहरूमा बेलबारी ४ का बिवेश मोते,बेलबारी १ की कुमारी बिश्वकर्मा,बेलबारी ६ की ईया राई,बेलबारी ३ का लक्ष्मी पौडेल,बेलबारी ११ का रबि दाहाल,बेलबारी ४ का बिशाल मगर,बेलबारी २ का अलिमा लिम्बु,बेलबारी ११ का नबिना पोख्रेल,बेलबारी ४ का सुदिक्षा भटराई,बेलबारी ८ का प्रेरिका गुरागाँई टप टेनमा प्रबेश गरेका छन् ।
प्रतियोगिताको फाईनल यहि असार १४ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कारका साथमा गीत रेकर्डिङको अबसर पाउने आयोजकले जनाएको छ ।

6 total views, 3 views today