बामपन्थी राजनीति, आत्मकेन्द्रीत दृष्टिकोण तथा चिन्तन र त्यसका परिणामहरु

  • ६ बैशाख २०७६, शुक्रबार

भागवत राउत

हामी धेरै मान्छेहरु हिजोआज निकै नै आत्मकेन्द्रित  भएर दृटिकोणको निर्माण गरिरहेका हुन्छौं  । आफुलाई केन्द्रभागमा राखेर मात्र कुनै पनि विषयमा धारणाहरु पस्कीरहेको हुन्छौ । मैले देशको लागि यत्ति गरे देशले मलाई केहि दिएन । राज्यले मेरो क्षमतालाई चिन्न सकेन, मेरो योग्यताको पूर्ण कदर भएन आदि ईत्यादि ।

यस्तो आत्मकेन्द्रित चिन्तन र दृष्टिकोणलाई राज्यवाट हिजोआज पार्टी कमीटीमा समेत जवरजस्ती प्रवेश गराउन थालिएको देखिन्छ । मान्छेले संसारको सवै वस्तु र मान्छेलाई चिन्न सक्दो रहेछ तर आफुले आफुलाई चिन्ने कुरामा उ जहिल्यै चुक्दो रहेछ ।

संसार देख्ने आँखाले आफ्नै वरीपरीको गाजल नदेखे जस्तै । जहिल्यै आफुले आफुलाई आवस्यकता भन्दा ज्यादा नै स्वमुल्याङ्कन गर्दछ । त्यसैले पनि भनिएको होला वुद्धि र छोराछोरी आफ्नो राम्रो भनेर । केही दिनदेखी नेकपाको जिल्ला नेतृत्व छनौटको विषयलाई लिएर विभीन्न विद्यूतिय छापाहरुमा समाचार र केही दृष्टिकोणहरु जवरजस्तरुपमा वाहिर आउन थालेका छन् । नेतृत्वले पार्टीको विधि विधानलाई कुल्च्यो, नाध्यो । यसै रुपमा पार्टी अगाडी वढन सक्दैन, विष्फोट हुन्छ , समानान्तर कमिटीको निर्माण हुन सक्छ आदि आदि सारमा भन्दा नकारात्मक दृष्टिकोण धेरै ।

मेरो यो आलेख ति सम्पूर्ण विषयलाई जवरजस्त रुपमा वाहिर ल्याउन क्रियाशील नेतालाई आव्हान गरिएको विषयमा केन्द्रीत छ । हाम्रो जिल्लाको राजनीतीमा २ नेताको वारेमा धेरै कार्यकर्ताले उठान गर्ने एक प्रसङ्ग छ । वारी उर्वर र उब्जाउसील छ, विउ उन्नत छ, मल प्राङ्गारीक छ, किसान उत्साहीत र परिश्रमी छन् । तर पनि वारी वाझै हुन्छ । नाभो मकै फलेकोमा खेतधनी रमाउँछन् केटाकेटीले खेल मैदान वनाएकोमा उनी हर्षित छन । अर्को पात्र छन् जो वुट्टयान फाँडछन्, सिउडीको काँडा काटछ नागवेलीको लहरा फाडछ, वारी कोर्छ, डल्ला फोर्छ ।

जव खेतीको लागि वारी तयार हुन्छ उ त्यो वारीमा काउसो रोप्छ । यी २ जनामा कुन ठिक भन्छन र निचोड निकाल्छन काउसो रोप्नु भन्दा वारी वाझै राखेको राम्रो कम्तीमा आउने पुस्ताको किसानको लागि झन्झट त हुन्न खेती गर्नलाई भन्छन । एक नेता सँग योजनावद्ध कामगर्ने शैली, वाधा व्यवधान हटाउदै, अप्ठयारालाई चिर्दै संगठनलाई नवीन उर्जा दिने कला छ भाषणमा उनि वाचाल छन् तर अन्त्यमा उनी काउसोको खेती गरे झै गुटको खेती गर्छन वडा कमीटीलाई समेत स्वतन्त्र छाडन सक्दैनन गाउ कमिटीमा पाटीको मान्छे राखेर कमिटी निर्माण गरेको उनलाई चित्त वुझ्दैन र अन्त्यमा त्यहाँ पनि आफ्नो मान्छे खोज्छन् जुन विशेषताको कारण हिजो आज त्यो शैली कार्यकर्ताको तहमा निकै नै आलोच्य भएको छ । सम्मान आदरभाव भन्दा ज्यादा उपेक्षा र खिसीटयूरी को पात्र भएको छ ।

तातो समात्दा नि हात पोल्ने, चिसो समात्दा नि हातमा कालो लाग्ने जे गर्दा नी धर नपाउने वडो विचीत्रको स्वभावले कार्यकर्तालाई अन्यौलग्रस्त वनाएको छ यही कारणले जिल्लामा जहिल्यै कार्यकर्ताको खडेरी झेलीरहनु भएको हो यो कुरावाट वाहिर आउदा सवैको लागि राम्रो हुने छ । एकथरी कार्यकर्ता कोईलासँग तुलना गरेको मन पराउँदैनन् र भन्छन् कोईला जस्तो कालो मान्छे होईने, हिमाल जस्तो सेतो हो ।

परवाट हेर्दा सुन्दर,घामको गती सँगै सुन्दरतामा निखरता, प्रकृतिको अनुपम श्रृष्टि हिमाल धेरै मानिसको मन लोभ्याउने वस्तु हो । तर त्यही हिमालको नजिक जान सकिन्न हिउलाई धेरै वेर छुन सकिन्न, चढन खोज्यो चढन सकिन्न,हेर्दा कञ्चन र सफेद देख्यो भित्र पथ्थर हुन्छ । त्यसैले राजनैतीक रुपमा वेइमान, चिसो र धोखाघडीमा पारङ्गत भएकोले पनि हिमाल भन्नु पर्छ ।

परीक्षामा चिट चोरेको कारण एक्सफेलमा परेको विद्यार्थिले मलाई किन पास गरेनौ भनेर एउटा अराजक र उदण्ड विद्यार्थिले वाहेक अरुले हेडसरलाई गाली गर्दैन र गर्न पनि सक्दैन । अरु सवै खत्तम म मात्र उत्तम, अरु सवै सुङ्गुर म मात्र मुजुर भन्ने अहंमले कसैको हित गर्दैन त्यो अहंमको पारोलाई घटाउँदा सवैको हित हुन्छ खासगरी जिल्लाको पार्टी निर्माणले गती लिन्छ ।

चरम महत्वाकांक्षा वोकेको सेनाले सेनापतिको हत्या गरे जस्तो नेतृत्वको आलोचना गरेर मात्र नेता हुईन्न कमरेड । उर्दु कवी गालीवले भनेजस्तो फोहोर मुहारमा छ तर तपाइ एैना पुछनमा समय र उर्जा खर्चिरहनु भएको छ । त्यो वाट वाहिर आउनुस् त्यस कुराले निजी रुपमा तपाई र समग्रमा पाटीको नै हित गर्छ । अनन्त उर्जा र प्रशस्त क्षमताको सही उपयोग गरिएन भने त्यो पनि कहीले काही अहं र घमण्डमा रुपान्तरण हुन्छ । त्यसैले कहिलेकाही धेरै क्षमता पनि गैडाको सिङ्ग जस्तै आफ्नै लागि अफापसिद्ध हुन पुग्दछ ।

ईम्परर न्यू क्लोथ भन्ने लोक कथाको राजा जस्तो कुरी कुरी भएर हिड्दा आहा महाराज हजुरलाई कत्ती राम्रो सुहायो त भनेर कसैले भन्दैनन् । यो समय निकै अगाडि वढी सकेको छ त्यसैले नाङ्गै हिडेका वादशाहलाई लुगा लगाउने अर्ति दिने कार्यकर्ताको जमात निकै ठूलो भै सकेको छ ।

हुने भनेको जैसी करणी वैसी भरणी नै हो । तपाईले अरुमाथि ढुङ्गा वर्साए पछि फुलको वर्षाको अपेक्षा गर्नु हुन्न । आज जिम्मेवारीवाट केहि समय वाहिर वस्नुपर्दा यो किसीमको अरण्य रोदन नगर्नुस । मान्छेको विगत हेरेर आगतको निर्धारण हुन्छ र जनावरको हकमा पनि प्रकृतिले यहि नियम वसाएको छ । वाघ आउँछ भनेर जान्दा जान्दै एक आध पेट हरीयो घासको लोभमा वथान छाडेर एक्लै हिडने मृगलाई सिंहले पक्कै पनि माया गर्दैन ।

अधिवेशनवाट निर्वाचित २० जना कमरेडहरुलाई जिम्मेवारीवाट हटाउने धृष्टता लेनिनवादी सिद्धान्तको परिभाषा भित्र पर्छ ? पक्कै पनि पदैैन नै थ्योहोला । समान उदेश्य प्राप्तिको लागि समान आदर्शको डुङ्गा चडेर ३० औं वर्षदेखि संगसंगै यात्रारत सहकर्मीलाई सिटबाट उठाएर उसकाे सिट अरुलाई वेच्ने सह क्याप्टेनको कार्यशैलीलाई सिनियर क्याप्टेनले निगरानी गरिरहेकै त हुन्छ नी कमरेड । पुर्वाग्रहको कोपभाजनमा होइन, गत स्थानीय निर्वाचनमा पदीय जिम्मेवारीलाई उचित ढङ्गले वहन गर्न नसकेको कारण नै तपाईं यो अवस्थामा पुग्नु भएको हो । आफुलाई अरुभन्दा भिन्न र विशिष्ट ठान्दै अरुलाई वाहिर पार्न तपाईंले बिगतमा जुन पर्खाल खडा गर्नुभयो नि,  हो त्यही पर्खालले तपाईलाई आज अरुबाट एक्ल्यायो, टाढा वनायो ।

विते विग्रेको केही छैन आफ्नो विगतलाई सिंहले जस्तो सिंहावलोकन गर्नुस््,  सानो सानो कुरामा सुङ्गुरले जस्तो हुररियर जाने नगर्नुस् । कुर्सी र पैसाको लागि कार्यकर्ता गुमाउने नेताले समय क्रममा कार्यकर्ता र कुर्सी दुवै गुमाउनु पर्छ भन्ने कुरामा अलिक ध्यान पु¥याउनुस् ।

गत स्थानिय निर्वाचनमा तपाईंबाट निर्वाह भएको भुमिकालाई धेरैले पार्टी र विगार्दै श्रीमती सिगार्दै जाने कार्यको द्योतकको रुपमा वुझे । त्यस कार्यवाट प्रत्यक्ष पिडित वन्दा पनि हिलोमा फुल्ने कमल र पहरामा फुल्ने गुरांँसलाई हेर्दै शाहस र गुण आफुसँग भएपछि फुल्न र फल्न स्थान र वातावरणले केहि फरक पार्दैन भनेर हामी चित्त वुझाएरै वसेका छौं । तपाईंले हिजो सुनभन्दा लसुन धेरै मुल्यवान हुन्छ भनिरहंँदा तपाईको अहं, घमण्ड र दम्भले राजनैतिक बजारमा धेरै मुल्य पाई रहंँदा हाम्रो ज्ञान, शिप, क्षमता, लगन,त्याग, समर्पण पार्टीप्रतिको निष्ठा मुल्यहिन जस्ततै भएको थियो ।

तपाईंले हिजो नियम असंगत रुपमा धेरेको राजनैतिक लोटा फटाई दिनुभयो । फलत आज तपाईको नी गाग्री चुहुने भएको हो । यति कुरालाई मनन गर्नुभयो भने यस्तो किसिमको अरन्य रोदन र क्रन्दन गरी रहनु पर्दैन ।

शंकर पोखरेलको नामसँग दाङले गर्व गर्छ, शेरधन राईको नामसँग भोजपुरे गौरवान्वित हुन्छन, ताप्लेजुङ्ग वासीले गौरव गर्ने भनेकै ३ चिजमा हो पाथिभरा, कञ्चजजङ्गा र योगश भट्टराई । तर विडम्वना तपाईलाई हामी जाडोको सिरक वनाउन चाहान्थ्यौं तर तपाईकै व्यवहारले तपाई गर्मी महिनाको सिरक वन्नुभयो । शारदीय चन्द्रमाको उज्यालोलाई दियो वालेर भित्र पस्नबाट रोकी रहनुभयो ।

चन्द्रमाको उज्यालोको मोहकता र सुन्दरता थाहा पाउनलाई पनि त्यो दियो निभाउन जरुरी थियो । जुन कार्य पार्टी नेतृत्वले वुद्धिमतापूर्ण तरीकाले सम्पन्न ग¥यो ।

समस्या आंँखामा छ,  तपाई चश्माको सिसा फेर्नु हुन्छ । अयोग्य प्रदेश कार्यदलले देख्छ, गाली नेतृत्वलाई गर्नुहुन्छ । यो हाम्रो विधान न त गिता हो, न त वाईवल नै । त्यसैले यसमा भएका कमी कमजोरीलाई समय क्रममा संशोधन गर्दै जाउँ ,सक्रमणकालीन विधानमा सम्पूर्णता नखाजौं ।

विवादलाई चिरकालसम्म लम्व्याउंँदा कसैलाई पनि फाईदा हुन्न । आदत राम्रो गर्नुस् नेता तपाई नै हो । समाजवादको यात्रा गर्न अरवी घोडा नै चाहिन्छ ।  यो घोडा अहिले केही विरामी जस्तो देखिएको छ । यो घोडा समाजवादको गन्तव्यसम्म पुग्ला नपुग्ला त्यो वेग्लै कुरा हो तर घोडालाई सरापेर गधामा सवार भएर समाजवादको गन्तव्यको चुचुरोसम्म पुग्न सकिन्न भन्ने कुरो वुझ्न वेर हामी कसैले पनि गर्नुहुंँदैन ।

कमरेड विगतवाट शिक्षा लिनुस्, घोडाको सवारी त्यागेर गधाको यात्रा नरोज्नुस फेरि पनि नेता तपाई नै हो । आउनुस् हामी सवै मिलेर यो सुन्दर पोखरीवाट मोति निकालौं । मोति निकाल्ने यात्राबाट विमुख वनेर तपाईं किन किच्चड उछाली रहनु भएको छ ? र यो कसका लागि गरि रहनु भएको छ ?

चराचुरुङ्गीहरु मात्र हुन् अर्काले थापेको जालमा पर्ने । मान्छे त अक्सर आफ्नो धुत्र्याई र कुकृत्यको कारण नै फन्दामा पर्छ, यो कुरामा ध्यान पु¥याउनुस् । नेतृत्वप्रति सहिष्ण वन्न सिक्नुस, मर्यादित हुनुस् ताकी आउंँदो अधिवेसनमा कार्यकर्ताले तपाईमाथि भएको न्याय अन्याय छुट्टयाएर हेर्छ ।

आफैभित्र रहेको आँशुलाइ त आँखाले ठाऊँ दिदैन भने अराजकताले पाटीमा के स्थान पाउला र ? अबदेखि केन्द्रबाट अपानी वोकेर जिल्ला आउँदा दिमागमा कैची वोकेर हैन, सियो वोकेर आउनुस् धेरैको फाटेको, च्यातिएको मनलाई सिलाउनुस अनी हामी सवैको नेता वन्नुस । त्यसको लागि तपाईं हामीले अराजकता छोड्न सक्नुपर्छ ।

र अन्त्यमा गाऊँमा मकै झुत्याउँदा आमाले भन्नुभएको यो लोक कथावाट मेरो आलेखलाई विट मार्न चाहान्छु ।

एकदिन एउटा गौमन सर्प सिकर्मीले औजार राखेको वाकस भित्र पसेछ । वाकसमा राखिएको सिकर्मीको आराले (करौतीले) उस्को पुच्छरमा सानो घाउ लाग्यो र उस्लाई दुख्न थाल्यो । रिसले चुर चुर भएको सर्पले पुच्छरमा घाउ लगाउने आरालाई (करौतीलाई) देखाई दिने मनसुवाको साथ फडा फिजाउँदै विस निकाल्दै डस्न थाल्यो । फलत उस्को मुखमा नी घाउ भयो, दात भाँचियो र विस पनि सिद्धियो । सर्पको आवेगमा झन् वढोत्तरी भयो र त्यो आरालाई देखाएरै छोडने मनसुवाले आरालाई भाँच्ने उदेश्यका साथ जिउले फनफनी वेर्यो र कस्न थाल्यो । यसरी वेर्दा जिउका धेरै ठाऊँमा घाउ भयो र अन्त्यमा त्यही घाउको कारण सर्पको मृत्यू भयो ।

विगतमा तपाईले पनि हामीले गरेको सानो भन्दा सानो आलोचनालाई सहन सक्नु भएन,भेट गर्न नआएको, फोन नगरेको कुरालाई टिकट प्राप्त गर्ने योग्यताको आधार वनाउनु भयो । अर्कालाई सवक सिकाउँदा, देखाउँदा तपाईको उर्जा नस्ट भइरहेको भेउ नै पाउनु भएन । सबै ठाउँमा घमण्डी कोव्रा जस्तो नगर्नुस्, झिना मसिना कुरामा न अल्मलिनुस्, सानो सानो कुरालाई अनदेखा गरेर मुल लक्ष्य तर्फ अगाडि वढनुस् । राजनैतिक भविश्य उज्जवल छ आज कै कार्यले निरन्तरता पाईरहंँदा तपाइं हाम्रो लागि गर्मी कै सिरक हो । वाँकी तपाईको मर्जि ।
– त्रियुगा नपा १० उदयपुर ।
(लेखक नेकपाका उदयपुरका नेता हुन् ।)

333 total views, 9 views today